पूर्ण वान्तवा र उनको काव्यलेखन प्रवृत्ति: एक चर्चा
Abstract
साहित्य लेखन निरन्तर प्रक्रिया हो। बदलिँदो सामाजिक अवस्था, प्राकृतिक परिवेशको प्रभाव साहित्य सृजनाका माध्यमबाट अभिव्यक्त भइरहन्छ। आजको युग भुमण्डलीकरणले व्याप्त छ, यसको प्रभावबाट साहित्य अक्षुण्ण रहँदैन। यसैले साहित्य विभिन्न वाद र सिद्धान्तहरूले जेलिएको छ। तर साहित्यको उद्देश्य वाद र सिद्धान्तमा कँजिएर आफ्नो कलात्मक सौष्ठव गुमाउनु भने पट्टकै होइन्। यद्यपि साहित्यलाई जोख्ने मानदण्डका रूपमा स्थापित यी मान्यताहरूलाई नकार्न भने सकिँदैन। यी विविध कसीलाई लिएर मानिसको मथिङ्गल जटिलतातिर लम्किरहेको छ।
आजको युग समाजिक सञ्जालको युग हो। यसले अनेक प्रकारका विषय (कन्टेन्ट) दिएर मानिसको मस्तिष्कलाई जेलाएको छ। कुनै समय गाउँ-बस्तीलाई सरल मान्छेहरूको उपस्थिति भएको ठाउँ अनि सरल साहित्य लेखनको स्रोत मान्न सकिन्थ्यो। तर आज सञ्जालको प्रकोप गाउँ-बस्तीमा तैछाड-मैछाड गर्दै पसिसकेको छ। यसको प्रत्यक्ष प्रकोप साहित्यमा देखा परिरहेको छ।
विश्वका राजनीतिक, अर्थनीतिक, सामारिक, पारिवेशिक चलखेलसित गाउँ बस्ती परिचित छन् । उत्तरउपनिवेशकालपछि सांस्कृतिक विमर्श, दलित विमर्श, किनारीकृत पर्यावरण लेखन जस्ता धारणा चर्चाको विषय बनेको पाइन्छ। यी विविध धारणाबाट नेपाली साहित्य अक्षुण्ण छैनन्। भारतेली नेपाली साहित्यलाई जोख्ने हो भने मात्रा पनि साहित्यमा आयामिक लेखन, लीला लेखन, सङ्क्रमण लेखन, विचलन लेखन, किनारा विमर्श, हस्तक्षेप, समावेशी, उत्तर लीलालेखन आदि जस्ता विभिन्न वाद र अभियानहरू देखा परेको पाइन्छ। यी मंथिगल मन्थन र होडमा रहेका साहित्य लेखनबाट निर्लिप्त र तटस्थ रही तरलताका प्रवाहमा एकनासले बग्ने सरल साहित्यकारका रूपमा परिचित साहित्यकार पूर्ण बान्तवा आफै पूर्ण छन् ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2025 Siddhanta's International Journal of Advanced Research in Arts & Humanities

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.